ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

काबुलमा हतियारको भण्डार फेला

नेपालगाथा २०७९ फाल्गुण ३० गते मंगलबार १९:३९:०४ मा प्रकाशित

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा हतियारको भण्डार फेला पारेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ ।

सोमबार साँझ काबुल शहरको प्रहरी जिल्ला (पीडी) ३ को एक घरबाट हतियारको भण्डार फेला परेको हो । त्यहाँबाट प्रहरीले तीन मेसिनगन, १२ थान कलाश्निकोभ, एक रकेट लगायतका विभिन्न हातहतियार बरामद गरेको छ । प्रोपेल्ड ग्रेनेड, हजारौं गोली, कारतूस र अन्य सैन्य उपकरण फेला पारिएको प्रहरी प्रमुख हाज्जी शिर अली जन्दुल्लाहले जानकारी दिनु भएको छ ।

आइतबार यस्तै कारबाहीमा, प्रहरीले उत्तरी कुन्दुज प्रान्तमा १२० थान ह्यान्ड ग्रेनेड र हजारौं गोली सहित ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरेको थियो । रासस।

प्रतिक्रिया

सम्बन्धित खवर

Top