ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

मध्य फिलिपिन्समा सैनिका कारबाहीमा चार जना विद्रोही मारिए

नेपालगाथा २०७९ फाल्गुण १८ गते बिहीबार १४:२५:३८ मा प्रकाशित

काठमाडौं ।  मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् ।

नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक शहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज बताएका हुन् । कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ । मारिएकाहरू न्यू पिपल्स आर्मी (एनपीए) का सदस्य भएको आशङ्का गरिएको छ । सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारविरुद्ध सङ्घर्ष गर्दै आएका छन् ।

उक्त समूहले ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएको छ । सन् १९८० मा निकै शक्तिशाली विद्रोही शक्तिका रुपमा स्थापित एनपीएमा अहिले दुई हजारको हाराहारीमा सदस्य रहेका सैन्य तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top