ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

डा. रुइतलाई नेपाली दूतावास र नेपाली समाजको सम्मान

‘बहराइनमा नेपाल-नेपालीको पहिचान उँचो पाएँ’- रुइत

नेपालगाथा २०७९ फाल्गुण १२ गते शुक्रबार ११:४३:२० मा प्रकाशित

बहराइन ।   नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई मानमास्थित नेपाली दूतावास र नेपाली समाजले सम्मान गरेको छ ।

‘डा. सन्दुक रुइतलाई बहराइन सरकारले ‘दृष्टिका संवाहक’ भनेर जेजसरी सम्मानित गरेको छ, यसले समपुर्ण नेपाल-नेपाली तथा विशेषगरी बहराइनमा बस्ने सबै नेपालीको शीर उँचो बनेको छ, नेपाल-बहराइन सम्बन्धलाई अझ दहिृलो र फलदायी बनाउने दिशामा पनि रुइतको ‘मानवताका लागि सेवा अभियान’ले पुलको काम गरेको छ,’ राजदूत वाग्लेले भने । डा. रुइतको आँखा उपचार अभियान र मोतिबिन्दुको शल्यक्रियाको नमुना कामका कारण आर्थिक कूटनीतिको एउटा पक्षका रुपमा नेपालमा स्वास्थ्य पर्यटनलाई प्रबर्द्धन गर्न सकिने सम्भावनाबारे समेत राजदूत वाग्लेले व्याख्या गरे ।

बहराइनमा बस्ने २१ हजारभन्दा बढी नेपालीमाझ प्रतिनिधि संस्था नेपाली क्लबका तर्फबाट कमल श्रेष्ठ र दीपक गुरुङले डा. रुइतको सम्मान गरेका थिए । स्थानीय वेइनधाम ग्रान्ड होटलमा आयोजित सम्मानपछि डा. रुइतले ‘नेपाली बाजागाजा, भेषभूषा र नेपाली कला-संस्कृतिको गतिलो झल्को दिनेगरी यो विदेशभूमिमा आफ्नो नेपालीपनालाई जोगाएर बस्ने बहराइनबासी नेपालीको’ खुलेर सहृाअना गरेका थिए । ‘बहराइनमा नेपाल-नेपालीको पहिचान उँचो पाएँ,’ डा. रुइतले भने, ‘मैले पाएको इशा अवार्डका कारण बहराइनबासी नेपाली तथा नेपाल-बहराइनबीचको सम्बन्धमा सानो भएपनि इँट थपिन सकेमा म पुरस्कृत भएभन्दा बढी खुशी हुनेछु ।’

मंगलबार मात्रै डा. रुइतलाई बहराइन अधिराज्यका राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशी(झन्डै १४ करोड रुपैयाँ)को इशा पुरस्कार तथा स्वर्ण सम्मान प्रदान गरेका थिए । यो सम्मान दिने क्रममा बहराइन सरकारले रुइतलाई ‘मानव हितकारी कामका अर्थमा संसारकै लागि उदाहरणीय सेवक’ रहेको बताएको थियो । तिलगंगा आाखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको दृष्टिविहीनताको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top