ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

टर्कीमा फेरी भूकम्प

नेपालगाथा २०७९ फाल्गुण ९ गते मंगलबार १२:३१:२१ मा प्रकाशित

काठमाडौँ । टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविन्दु बनाएर सोमबार ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । यस भूकम्पमा परी थप ६ जनाको मृत्यु पुष्टि भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो ।

सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गतेको सोमबार पनि टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र छिमेकी देश सिरियामा अहिलेसम्म ४७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । हजारौँ घाइते भएका छन् र ठूलठूला शहर ध्वस्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top