ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

‘शान्तिका लागि रुसलाई जमिन दिन स्वीकार्य नहुने’युक्रेनका राष्ट्रपतिकाे भनाई

नेपालगाथा २०७९ फाल्गुण ५ गते शुक्रबार ११:४२:४३ मा प्रकाशित

काठमान्डौँ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले आफ्नो सरकार रुससँग सम्भावित शान्ति सम्झौतामा आफ्नो जमिन दिनका लागि तयार नभएको बताएका छन् । रुस र युक्रेनबीचको युद्ध आगामी २४ फेब्रुअरीमा एक वर्ष पूरा हुनेछ । यसअघि उनी बेलायती नेतासँग भेट्न लन्डन पुगेका थिए । 

यस अवसरमा बीबीसीलाई दिएको विशेष अन्तरवार्तामा उनले रुसलाई जमिन दिनु खतरनाक भएको बताए ।  उनले भने, ‘रुसलाई एक पटक जमिन दिइयो भने ऊ पछि पनि यसरी नै आइरहनेछ जबकि पश्चिमी हतियारले शान्तिलाई हाम्रो निकै नजिक ल्याउनेछ ।’ उनले भने, ‘ रुसी आक्रमण चारैतिरबाट हुन थालेको छ ।’

हतियारको बारे उनले भने, ‘हो, अवश्य पनि । आधुनिक हतियारहरूले शान्तिको प्रक्रियालाई गति दिन्छ, किनभने हतियार मात्र एक भाषा हो जुन रुसले बुझ्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top