ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्यो -३ जनाको मृत्यु, ५ घाइते

नेपालगाथा २०७९ फाल्गुण २ गते मंगलबार १२:४३:१६ मा प्रकाशित

 ​​​​​​सिकागो । अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । 

विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको थियो । मास्क लगाएका होचो कदका व्यक्तिले गोली चलाएका अनुमान गरिएको छ । अभियुक्तको खोजी भइरहेको छ ।  विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित रहन सन्देश प्रवाह गरेको थियो । गोलीकाण्डबारे जानकारी प्राप्त हुनेबित्तिकै करिब ३० वटा दमकल, एम्बुलेन्स र अन्य आपत्कालीन सवारी साधन विश्वविद्यालय पुगेका थिए । 

यसैबीच, एशोशिएटेड प्रेसका अनुसार आक्रमणकारी पनि मारिएको छ । चार घण्टासम्म विश्वविद्यालयको वातावरण तनावग्रस्त भएको थियो । आक्रमणकारी मारिएको खबर प्रहरीले आज सार्वजनिक गरेको हो । आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन । निजको विश्वविद्यालयसँगको संलग्नताबारे केही उल्लेख गरिएको छैन । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top