ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतीय सेनाध्यक्ष नेपाल आउँदै

नेपालगाथा २०७९ माघ २९ गते आइतबार १४:२३:३५ मा प्रकाशित

काठमाडौँ । भारतीय सेनाका स्थल सेना अध्यक्ष मनोज पाण्डे नेपाल आउन लागेका छन् । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । 

नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर ८ फागुनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रो पटक नेपाल आउन लागेका हुन् । यसअघि गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए । उनले त्यसबेला मानर्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्केका थिए । नेपाल र भारतका सेना अध्यक्षहरु एक अर्का देशका मानर्थ सेनापति हुने परम्परा रहदैँ आएको छ । सो पदवी लिन उनी यसअघि नेपाल आएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top