होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज आउँदै छन्।
उनी साँझ ७ बजे काठमाडौँ आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। इस्माइलको नेपाल भ्रमणका क्रममा थप कामदार पठाउने र त्यहाँ रहेका कामदारको सुरक्षा सुनिश्चित गर्ने विषयबारे छलफल हुने जनाइएको छ । भ्रमण सम्पन्न गरी उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ।