ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चीनमा एक सातामा तेह्र हजार जनाको कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु

नेपालगाथा २०७९ माघ ८ गते आइतबार १६:४४:५३ मा प्रकाशित

काठमाडौं । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु भएको छ ।

गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो । अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ( सिडिसि) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएको छ ।

गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको सिडिसिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top