ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

उत्तरी सेनेगलमा बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या बीस पुग्यो

नेपालगाथा २०७९ माघ ३ गते मंगलबार १४:३९:४२ मा प्रकाशित

काठमाडौं ।  उत्तरी सेनेगलमा सोमबार बस र ट्रकको ठक्करबाट २० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् ।

घाइतेमध्ये १९ जना गम्भीर रहेका सरकारी प्रवक्ता अब्दु करिम फोफानाले जानकारी दिनुभएको छ । स्थानीय सञ्चारमाध्यमले यसअघि लुगाको प्रान्तको नगुउने सार सहरमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ रहेको बताएको थियो । पीडितहरूलाई लुगा र सेन्ट लुइसका अस्पतालहरूमा ल्याइएको फोफानाले बताउनु भएको छ । घाइतेहरुको उपचारका लागि सबै व्यवस्था मिलाइएको छ ।

सोमबार भएको यो दुर्घटना सेनेगलको केन्द्रीय काफ्रीन क्षेत्रमा अर्को ठूलो दुर्घटना भएको एक हप्तापछि भएको छ । गत जनवरी ८ मा दुईवटा बसहरू ठोक्किएपछि ४२ जनाको मृत्यु भएको थियो । त्यस त्रासदीको प्रतिक्रियास्वरूप सरकारले अन्तरमन्त्रालय बैठक बोलाएर सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न उपायहरू घोषणा गरेको थियो। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top