ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

सन् २०२२ मा जापानमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी

नेपालगाथा २०७९ पौष २० गते बुधबार १८:०२:०३ मा प्रकाशित

काठमाडौं । जापानमा सन् २०२२ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी अत्यधिक कमी आएको छ । गत बर्ष सवारी दुर्घटनामा परी जापानमा दुई हजार ६१० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखिएको छ ।

यो सङ्ख्या सन् १९४८ मा उपलब्ध भएयताकै सबैभन्दा कम हो । सन् २०२२ मा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले घटेको छ । ओसाकामा गत वर्ष सबैभन्दा बढी १४१ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो । आइची १३७ र टोकियो १३२ मृतक सङ्ख्याका साथ तेस्रो स्थानमा रहेको छ । सबैभन्दा कम टोटोरीमा १४ जनाको मृत्यु भएको छ । सन् १९७० मा १६ हजार ७६५ जनाको मृत्यु भएको जापानमा पछिल्ला वर्षहरूमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ ।

जापान सरकारले सन् २०२५ सम्ममा वार्षिक सवारी दुर्घटनाबाट हुने मृत्युदर दुई हजार वा सोभन्दा कममा झार्ने लक्ष्य राखेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top