ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा कोरोनाका दैनिक सङ्क्रमितको सङ्ख्या घटे

नेपालगाथा २०७९ मंसिर १३ गते मंगलबार १३:४८:०६ मा प्रकाशित

काठमाडौं ।   भारतमा कोरोनाका दैनिक सङ्क्रमितको सङ्ख्या घटेको छ । सोमबार बिहान अर्थात अघिल्लो दिन दुई सय ९१ जना कोरोना सङ्क्रमित रहेकामा मङ्गलबार घटेर दुई सय १५ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन ।

पछिल्लो २४ घण्टामा दुई सय १५ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिएका र हाल भारतमा चार हजार नौ सय ८२ सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले ंमङ्गलबार बिहान सार्वजनिक गरेको छ । देशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण एक जनाको मृत्यु भएको छ । भारतमा कोरोनाको महामारीको सुरुवातदेखि हालसम्मको कुल मृत्युको सङ्ख्या ५ लाख ३० हजार छ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ४ करोड ४१ लाख ३६ हजार चार सय ७१ जना सफलतापूर्वक निको भएका मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top