ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारत-भुटान सीमा नजिक सडक दुर्घटनामा एक सैनिकको मृत्यु, ४ घाइते

नेपालगाथा २०७९ कार्तिक २१ गते सोमबार १८:११:०० मा प्रकाशित

काठमाडौं ।  भारत-भुटान सीमाको तामुलपुर नजिक सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

गुवाहाटीका डिफेन्स पीआरओले घाइते सेनाका जवानहरूलाई आर्मी बेस अस्पतालमा लगिएको जानकारी दिएका छन्। "भारत-भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगिएको छ," गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ । सेनाको गाडी नरेङ्गी आर्मी क्यान्टबाट दुर्घटनास्थल पुगेको थियो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top