होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । श्रीलंकाका राष्ट्रिय क्रिकेट टिमका धनुष्का गुनाथिलका यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।
क्रिकइन्फोका अनुसार एक २९ वर्षीया महिलाले प्रहरीमा धुनुष्काले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि आइतबार पक्राउ परेका हुन् गुनाथिलाकालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै स्थानीय समय अनुसार दिउँसो १ बजे पक्राउ गरेको हो।
महिलाले एक अनलाइन डेटिङ एप्लिकेसनमार्फत धेरै दिनसम्म कुराकानी गरेपछि गुनाथिलकालाई भेटेकी थिइन् । त्यसपछि नोभेम्बर २ बुधबार साँझ उनले यौन दुर्व्यवहार गरेको आरोप युवतीले लगाएकी छिन् । सहमतिबिना यौन सम्पर्क गरेको भन्दै युवतीले आरोप लगाएकी छिन् ।