ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अफगानिस्तानमा सडक दुर्घटनामा दुई चिकित्सकसहित दशको मृत्यु

नेपालगाथा २०७९ कार्तिक २० गते आइतबार १४:०७:२९ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानमा भएक एक सडक दुर्घटनामा परेर दुई जना चिकित्सकसहित सात जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिबार सो सडक दुर्घटना भएको थियो । 

खामा प्रेसले दिएको समाचारअनुसार लाघमान प्रान्तको दालत साह जिल्लामा सो दुर्घटना भएको थियो र त्यस दुर्घटनामा थप तीन जना घाइते भएका छन् । कार दुर्घटनामा ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । सो दुर्घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । 

त्यसैगरी शुक्रबार पनि अफगानिस्तानको उत्तरी सहर सालाङमा अर्को एक दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ । यहाँका सडकको दुरावास्था तथा सवारी सञ्चालनको लापरवाहीका कारण यहाँ बारम्बार सवारी दुर्घटना हुने गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top