ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

पाकिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रङ्घीय महासचिवको आग्रह

नेपालगाथा २०७९ आश्विन २२ गते शनिबार १२:०७:३९ मा प्रकाशित

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । पाकिस्तानमा हालैको वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएकाले पाकिस्तानका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसले विश्व समुदायलाई आग्रह गर्नुभएको हो ।

उहाँले पाकिस्तानको सहयोगका लागि आवश्यक पर्नेगरी एक दाता सम्मेलनको तयारीमा संयुक्त राष्ट्रसङ्घ लागेको बताउनुभयो ।उहाँले भारी वर्षा र बाढीका कारण पाकिस्तानमा पुगेको क्षतिको मापन गरिएको र पाकिस्तानमा पुननिर्माण र यहाँका पीडितहरुको पुनस्र्थापनाका लागि दाताहरुको एक सम्मेलनको आयोजना गरिने जानकारी पनि दिनुभएको हो ।

उहाँले शुक्रबार संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो । पाकिस्तानको सहयोगका लागि उहाँले संयुक्त राष्ट्रसङ्घीय महासभामा एक प्रस्ताव पनि प्रस्तुत गर्नुभएको बताइएको थियो ।

सो प्रस्तावलाई महासभाले पारित गरेको छ । सो प्रस्तावमा विश्वका विभिन्न देश तथा दाताहरुलाई पाकिस्तानको सहयोगका लागि अपिल गरिएको छ । यस वर्षको मनसुनले पाकिस्तानमा ठूलो क्षति पु¥याएको छ ।

यहाँ सो मनसुनी वर्षाले एक हजार सात सय जनाभन्दा बढीको ज्यान गएको छ भने अरु हजारौँ व्यक्ति घाइते भएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top