ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चीनको रेस्टुरेन्टमा आगलागी: सत्रको मृत्यु

नेपालगाथा २०७९ आश्विन १२ गते बुधबार १८:१२:४५ मा प्रकाशित

 उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । 

स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरेको एक विज्ञप्तिमा स्थानीय सरकारले चाङचुन सहरको एउटा भोजनालयमा बुधबार दिउँसो १२ः४० बजे मा आगलागी भएको जनाएको छ ।अग्नीनियन्त्रक घटनास्थलमा पुगेका र दिउँसो ३ बजेसम्म खोजी र उद्धारकार्य पूरा गरेका विज्ञप्तिमा जनाइएको  छ । 

घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको र  घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top