ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कम्बोडियामा डुङ्गा डुब्दा तीन चिनियाँको मृत्यु

नेपालगाथा २०७९ आश्विन ८ गते शनिबार १४:४६:३३ मा प्रकाशित

काठमाडौं । कम्बोडियाको तटमा शनिबार डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या बढेर तीन पुगेको छ । थप नौ जनालाई भियतनामी जलक्षेत्रबाट उद्धार गरिएको छ भने आठ जना अझै बेपत्ता छन् । एकचालीस जना चिनियाँ यात्रु बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा दुर्घटनामा परेको थियो ।

कम्बोडियाको प्रेह सिहानोक प्रान्तीय प्रशासनका प्रवक्ता खेआङ फेरोमले एएफपीलाई उद्धार टोलीले शनिबार थप दुई शव फेला पारेको र मृतकको सङ्ख्या तीन पुगेको बताएका छन्।आठ जना अझै बेपत्ता रहेको उनले बताए ।

कम्बोडियाली अधिकारीहरूले शुक्रबार २१ जनाको उद्धार गरेका थिए।यसैबीच, किएन जियाङ प्रान्तको एन थोई स्टेशनमा ड्युटीमा रहेका भियतनामी सीमा गार्डले एएफपीलाई फु क्वोक टापु नजिकै भियतनामी जलक्षेत्रमा शुक्रबार नौ चिनियाँ नागरिकलाई माछा मार्ने जहाजले उद्धार गरेको बताएका छन्।

यसैबीच चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले घटनाबारे बेइजिङ कम्बोडियाली अधिकारीहरूसँग नजिकको सम्पर्कमा रहेको बताएका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top