होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । भारत उत्तर प्रदेशस्थित बारम्बकीमा यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपालीकाे मृत्यु भएको छ ।
दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ ।बसमा सवार सबै यात्रु नेपाली रहेकाे बताइएकाे छ । मृत्यु हुनेमा बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ का प्रेम थारु र शितल थारु, दाङ तुलसीपुर उपमहानगरपालिकाका चक्रबहादुर ओली छन् । एक जनाकाे सनाखत हुन बाँकी रहेकाे भारतीय प्रहरीले जनाएकाे छ ।
रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो ।
खबर पाउनासाथ घटनास्थलमा पुगेको भारतीय पुलिसले अनुसन्धान सुरु गरेको छ ।