ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भाजपा नेता सुखवीरकाे हत्या

नेपालगाथा २०७९ भाद्र १६ गते बिहीबार १९:१७:१५ मा प्रकाशित

काठमाडौं ।  बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन् ।

पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो घटना बारे जानकारी दिएका छन् । उनी कपडा किन्न सो पसलमा गएका थिए।भाजपा नेता तथा सोहना मार्केट कमिटीका पूर्व अध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सुखवीर मुख्यमन्त्री मनोहरलाल खट्टरको निकटका व्यक्ति रहेको बताइएको छ । गुडगाउँ प्रहरीले सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा अनुसन्धान शुरु गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top