ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै कोरोना

नेपालगाथा २०७९ भाद्र ११ गते शनिबार १५:४९:१८ मा प्रकाशित

काठमाडौं ।  भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ ।

सरकारले शनिबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको छ । देशमा हाल ८७ हजार तीन सय ११ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ९० जना नयाँ सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेहरूको सङ्ख्या तीस हजार पाँच सय ७१ पुगेको छ ।

सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको तथा र पञ्जाव प्रान्तले उसलाई पछ्याइरहेको अधिकारीहरूले बताएका छन् । यसैबीच, मलेसियामा कारोना लागेर छ जनाको मृत्यु भएको तथा तीन हजार एक सय १८ जना नयाँ बिरामी थपिएका छन् ।

शुक्रबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीहरूले अझै पनि देशभर ३७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका बताएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top