ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बङ्गलादेशमा क्षयरोगबाट वार्षिक मृत्यु हुनेको सङ्ख्या चालीस हजार

नेपालगाथा २०७९ भाद्र ९ गते बिहीबार १५:२७:३७ मा प्रकाशित

काठमाडौं ।  बङ्गलादेशमा पछिल्लो दशकमा क्षयरोगबाट हुने मृत्युदर निरन्तर घट्दै गएको  छ ।

हालैका वर्षहरूमा वार्षिकरूपमा मृत्यु हुनेको सङ्ख्या ४०,००० पुगेको छ । यो सङ्ख्या १० वर्षअघिको  तुलनामा आधा रहेको  स्वास्थ्यमन्त्री जाहिद मालेकले  बताएका छन् ।

दश वर्ष पहिले क्षयरोगबाट प्रत्येक वर्ष ८०,००० जनाको मृत्यु हुने गर्दथ्यो। यो अहिले ४०,००० मा झरेको छ, जाहिद मलेकले बुधबार एक कार्यशालामा  उल्लेख गरेका छन् ।उनका अनुसार क्षयरोगका ९७ प्रतिशत बिरामी नियमित औषधि सेवनले निको भइरहेका छन् ।क्षयरोग विरुद्धको सरकारको सामुदायिक अधिकार तथा लैङ्गिक कार्य योजना २०२१-२३ सम्बन्धी कार्यशालामा मन्त्रीले स्वास्थ्य विकासको यो युगमा क्षयरोगबाट ४० हजार मानिसको मृत्यु हुनु राम्रो सङ्केत नभएको बताएका छन् ।

यसको मतलब क्षयरोगबाट दैनिक १०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हामी कोभिड(१९ भाइरसबाट एक वा दुई जनाको मृत्युको बारेमा चिन्तित छौं यो पुनर्विचार गर्नुपर्छ।यो अवस्था धेरै चिन्ताजनक छ।  मृत्युदर शून्यमा पु¥याउन हाम्रा सबै मन्त्रालयले मिलेर काम गर्नुपर्छ,’ उनले भने ।
 उनले क्षयरोग विश्वभर मृत्युको १३ औं कारण मध्येको एक भएको उल्लेख गरेका छन् ।

हामीले बङ्गलादेशमा धेरै रोगहरू नियन्त्रण गरेका छौं। हामीले  देशलाई पोलियो, हैजा र झाडापखाला र टिटानसकै कारणबाट हुने मृत्यु रोकेका छौं। हामी क्षयरोग नियन्त्रण गर्न पनि काम गरिरहेका छौंू उनले भने । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top