ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अल–शबाब आतङ्ककारीद्वारा सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा आक्रमण

चालिस भन्दा बढीको मृत्यु

नेपालगाथा २०७९ भाद्र ५ गते आइतबार १५:४४:११ मा प्रकाशित

काठमाडौं । अल–शबाब आतङ्ककारीहरूले सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा आक्रमण गरेको झण्डै ३० घण्टापछि घेराबन्दी समाप्त भएको सरकारी सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरु जानकारी दिएको छ । 

अल–शबाब आतङ्ककारीहरूले गरेको आक्रमणमा ४० जनाको मृत्यु हुनुका साथै ७० भन्दा बढी घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीहरूबीच झण्डै ३० घण्टासम्म गोली हानाहान जारी रहेको छ ।

अल–कायदा आतङ्ककारी समूहसँग आबद्ध अल–शबाबले सोमालियाको सरकारविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको छ र अझै पनि देशको दक्षिणी र मध्य भागमा ठूलो भूभागमा नियन्त्रण गरिरहेको छ । 

भारतले मोगादिसुको हयात होटलमा भएको आक्रमणको  कडा शब्दमा निन्दा गरेको छ । यसले पीडित परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ । भारत सोमालियाको सरकार र जनताको आतङ्कवादविरुद्धको लडाईमा साथ रहने आश्वासन दिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top