होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । तालिबानले बुधबार अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा भएको आक्रमणको निन्दा गरेको छ । अफगानिस्तानको राजधानी काबुल शहरमा रहेको एक मस्जिदमा भएको बम विस्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ ।
बुधबार साँझ प्राथनाका क्रममा सो विस्फाेटमा परी अरु ४० घाइते भएका काबुलका सुरक्षाकर्मीहरूले जानकारी दिएका छन् । अपराधका दोषीहरूलाई छिट्टै पक्राउ गरी सजाय दिइने इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक ट्वीटमार्फत बताएका टोलो समाचार समितिले जानकारी दिएको छ ।
साँझको प्राथनाका समयमा सो मस्जिदको परिसरमा सो भएको आक्राणबाट घाइते भएका ४० जनालाई अस्पताल पुर्याइएको जनाइएको छ । घाइतेहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने समेत अनुमान गरिएको छ ।
तालिबानले अफगानिस्तानमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरे पनि इस्लामिक स्टेटले देशभरि सर्वसाधारण र प्रहरीमाथि आक्रमण जारी राखेको छ । अफगानिस्तानको समाचार समितिका अनुसार तालिबानले हताहतबारे कुनै वक्तव्य जारी गरेको छैन ।
विस्फोटको अहिलेसम्म कुनै पनि आतङ्कवादी समूहले जिम्मेवारी लिएको छैन । यस आक्रमणमा मारिनेमा अमिर मोहम्मद काबुली नामका एक शीर्ष इस्लामिक धर्मगुरु पनि छन् । एजेन्सी