ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

दक्षिण कोरियामा एक लाख ८० हजार भन्दा बढी कोरोना सङ्क्रमित

नेपालगाथा २०७९ भाद्र १ गते बुधबार १४:४१:४४ मा प्रकाशित

काठमाडौं ।  दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप एक लाख ८० हजार आठ सय ३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसैसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड १६ लाख ८२ हजार आठ सय १६ पुगेको छ ।
    
केही दिनअगाडी घटेको कोरोना सङ्क्रमित पुनः बढेको बताइएको छ  । अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये  ४६९ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा ९४ जना कम भएको छ ।  

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ४२ भन्दा बढीको मृत्यु भएको छ । यसैसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार सात सय ५२ पुगेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top