ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

जेरुसेलममा एक बसमा गोली चल्दा कम्तीमा सात जना घाइते

नेपालगाथा २०७९ श्रावण २९ गते आइतबार १४:४३:४८ मा प्रकाशित

काठमाडौं । जेरुसेलममा आइतबार बिहान एक बसमा गोली चल्दा कम्तीमा सात जना घाइते भएका प्रहरीले जनाएको छ ।पुरानो शहरमा स्थानीय समयानुसार शनिबार बिहान १ः३० बजे सो आक्रमण भएको थियो । रोकिएको बसमा गोली चलाएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । 

प्रहरी घटनास्थलमा आइपुगेर अनुसन्धान जारी राखेको बताइएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर अवस्थामा रहेकी एक गर्भवती महिलालाई नजिकैको अस्पतालमा लगिएको थियो । उनको बच्चा जन्माउन शल्यक्रिया गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top