ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

पाकिस्तानमा साठी वर्षीय वृद्धको छुरा प्रहार गरी हत्या

नेपालगाथा २०७९ श्रावण २९ गते आइतबार १४:४०:४३ मा प्रकाशित

काठमाडौं । पाकिस्तानमा अहमदिया समुदायमा लगातार लक्षित हत्या भइरेहको छ  । यसैबीच पञ्जाब प्रान्तको चेनाबनगर शहरमा अहमदिया समुदायका एक ६० वर्षीय व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरिएको छ । 

हत्या गरिएका नसीर अहमद र उनका भाइ मुनीर बिहान किनमेल गर्न जान बस पार्खाइमा रहेका अवस्थामा छुरा प्रहार भएको डन अखबारले प्रहरी जानकारी दिएको छ । 

एक अज्ञात व्यक्तिले उनीहरूलाई रोकेको र उनीहरूको धर्मको बारेमा प्रश्न गरेको जनाइएको छ । आक्रमणकारीले आफ्नो झोलाबाट छुरा निकालेर अहमदलाई आक्रमण गरेको र  उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

छुरा प्रहार गरी भाग्न खोजेका ती व्यक्तिलाई स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएको थियो । आक्रमणकारीले उनीहरूलाई धार्मिक आधारमा आक्रमण गरेको र तहरीक–ए–लब्बैक पाकिस्तान ९टीएलपी० को पक्षमा नारा लगाएको पीडितका भाइ मुनीरले डनलाई जानकारी दिएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top