ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा झण्डै १६ हजार सङ्क्रमित

नेपालगाथा २०७९ श्रावण २८ गते शनिबार १४:४८:२२ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएका हुन् । मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने २० हजार १८ रहेको जानकारी दिएका छन् ।

एउटै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको छ ।  संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले पनि एक लाख १९ हजार २६४ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।  

त्यसैगरी कोरोना भाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख २६ हजार ९९६ पुगेको मन्त्रालयको भनाई छ ।  पछिल्लो एक दिनमा तीन लाख ६२ हजार ८०२ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top