ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

पाकिस्तानमा सडक दुर्घटना: तीनको मृत्यु दश घाइते

नेपालगाथा २०७९ श्रावण २६ गते बिहीबार १४:१५:३५ मा प्रकाशित

काठमाडौं । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको खैरपुर जिल्लामा बिहीबार ट्रक र भ्यान एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् ।

मेहरान राष्ट्रिय राजमार्गमा दिउँसो ट्रकले भ्यानलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरुलाई अस्पताल पुर्याएको  जनाइएको छ ।

दुर्घटनाग्रस्त भ्यान सिन्धको राजधानी कराँचीबाट खैरपुर जाँदै गरेको बताइएको छ ।  पाकिस्तानमा खराब मर्मत गरिएका सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण प्रायः सडक दुर्घटनाहरू  हुने गरेको पाइन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top