ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

नेपालगाथा २०७९ श्रावण २० गते शुक्रबार ११:३५:३६ मा प्रकाशित

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनलाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान (३ मिसाइल परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ ।  वाल स्ट्रिट जर्नलले बिहीबार  यस किसिमको प्रतिवेदन सार्वजनिक गरेको छ।

सभामुख पेलोसीको ताइवान भ्रमणबाट उत्पन्न हुन सक्ने तनावलाई ध्यानमा राख्दै अमेरिकी वायुसेनाले चीनसँग कुनै पनि असमझदारी बच्न परीक्षण प्रक्षेपण स्थगित गरिएको  रिपोर्टमा उल्लेख गरिएको छ। अमेरिकी अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रणालीको विश्वसनीयताको मूल्याङ्कन गर्ने उद्देश्यले वर्षमा  थुप्रै पटक गरिने यो परीक्षण शुरुमा क्यालिफोर्नियाको भान्डेनबर्ग एयर फोर्स बेसमा यस हप्ता हुने बताइएको थियो तर यसमा ढिलाइ भइरहेको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top