ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

दक्षिण कोरियामा एक लाख ११ भन्दा बढी कोभिड–१९ का नयाँ सङ्क्रमित

नेपालगाथा २०७९ श्रावण १७ गते मंगलबार १४:१६:२६ मा प्रकाशित

काठमाडौं । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । 

यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । 

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण धेरै बढेको पाइएको छ  । अघिल्लो दिन ४४ हजार छ सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो । 

नयाँ केसहरूमध्ये, पाँच सय ६८ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४५ हजार तीन सय ५ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top