ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

उत्तरी प्रान्त बाल्खमा भएको सडक दुर्घटनामा चार यात्रुको मृत्यु

नेपालगाथा २०७९ श्रावण १५ गते आइतबार १५:०८:३० मा प्रकाशित

काठमाडौं ।  उत्तरी प्रान्त बाल्खमा भएको सडक दुर्घटनामा चार यात्रुको मृत्यु भएको छ भने अन्य दश जना घाइते भएका छन् । 

शोल्गारा जिल्लालाई बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफ सहर जोड्ने सडकमा शनिबार राति दुईवटा कार एकआपसमा ठोक्किँदा महिला र बालबालिकासहित चार यात्रीको घटनास्थलमै मृत्यु भएको प्रान्तीय प्रहरील जनाएको छ । 
    
चालकको लापरवाही र सडकको दुरावस्थाका कारण अफगानिस्थानमा प्रायः सधै सवारी दुर्घटना हुने गरेका छन् । गत मङ्गलबार देशको पश्चिमी प्रान्त बाघिसमा यस्तै प्रकृतिको दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top