ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोना थप फैलिएपछि पेरुमा सङ्कटकालको म्याद थप

नेपालगाथा २०७९ श्रावण १३ गते शुक्रबार १५:०७:११ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि पेरुमा सङ्कटकाल लम्ब्याइएको छ । पेरुमा कोरोना भाइरसको सङ्क्रमणको चौथो चरण सुरु भएको घोषणा गरिएको छ । सङ्कटकाल आगामी अगस्ट १ देखि २८ दिनसम्म लागू हुने उल्लेख गरिएको छ । 

“देशमा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको छ, यसले मानव स्वास्थ्यलाई ठूलो चुनौती दिएको छ, त्यसैले सरकारले लागू गरेको सङ्कटकाल फेरि लम्ब्याउने निर्णय भएको छ,” सरकारी एक अधिकारीले भने । 

अघिल्लो हप्ता औसतमा ११ हजार मानिस दैनिक नयाँ सङ्क्रमित भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पेरुमा पछिल्लो एक दिनमा १४ हजार १८६ जना सङ्क्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ । 

पेरुमा कोरोना भाइरसका कारण अहिलेसम्म ३८ लाख ७३ हजार ७०२ जना सङ्क्रमित र दुइ लाख १४ हजार १२० जनाको मृत्यु भएको छ ।  रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top