ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

इन्डोनेसियामा बाढीका कारण तीनको मृत्यु

नेपालगाथा २०७९ श्रावण १३ गते शुक्रबार १३:५६:०० मा प्रकाशित

काठमाडौं । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा आएको बाढीमा परी तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् ।  बेपत्ताको खोजी कार्य जारी रहेको स्थानीय प्रकोप एजेन्सीका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् ।

भारी वर्षाले परीगी माउटोङ जिल्लाको टोरु गाउँका सबै घरहरू डुबानमा परेको जिल्लाको विपद् व्यवस्थापन निकायको परिचालन इकाई प्रमुखले बताएका छन् । 

 हिजो  अचानक पानी आएको र गाउँका सबै घर र भवन डुबानमा परेको जनाइएकोे छ ।   प्रभावित क्षेत्रहरू जाँच गरिसकेपछि, तीन जनाको मृत्यु भएको र अन्य चार जना बेपत्ता छन् ।  खोज र उद्धार कार्यालयका कर्मचारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका जनाइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top