ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अफगानिस्तानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

नेपालगाथा २०७९ श्रावण १० गते मंगलबार १५:४५:२९ मा प्रकाशित

काठमाडौं ।  अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा मङ्गलबार यात्रुबाहक बस दुर्घटना हुँदा चार यात्रुको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

दुर्घटना मङ्गलबार बिहान शहर–ए–साफा जिल्लामा भएको जनाइएको छ । यसैबीच, प्रदेश जनस्वास्थ्य विभागका निर्देशक अब्दुल हाकिम हाकिमीले तीन महिलासहित चारजनाको शव र महिला, बालबालिकासहित ४८ घाइतेलाई अस्पताल लगिएको पुष्टि गरेका छन् ।

चालकको लापरवाह र युद्धग्रस्त अफगानिस्तानमा विगे्रका सडकका कारण दुर्घटनाहरु निम्त्याउँने ट्राफिक प्रहरी अधिकारीहरूका जानकारी दिएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top