ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटना

नेपालगाथा २०७८ चैत्र ५ गते शनिबार १५:१३:०६ मा प्रकाशित

चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई जानकारी रहेको भन्दै उक्त घटनाको अनुसन्धान भइरहेको अमेरिकी मरीन कोर्प्सका प्रवक्ता स्पुतनिकले बताए। यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो।

'अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ', प्रवक्ताले भने। अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको जानकारी दिए। एजेन्सी । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top