ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

किभमा अवस्थित आवासीय भवनमा हमला, कम्तीमा दुई मृत्यु

नेपालगाथा २०७८ फाल्गुण ३० गते सोमबार १४:०८:२४ मा प्रकाशित

काठमाडौं ।  युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ  ।  यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ । 

 स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे  दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको छ । अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।  नौ जनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताइएको छ ।  भवन किभको ओबोलोनमा रहेको जनाइएको छ । 

रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण शुरु गरेको थियो । सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ । यसमा बालबालिका समेत रहेका छन् । युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाख भन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन् । 
 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top