ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अमेरिकामा टमाटर केचपको आपूर्तिमा पनि कोरोना महामारीको प्रभाव

नेपालगाथा २०७७ चैत्र २५ गते बुधबार १६:४४:५० मा प्रकाशित

वासिङटन । कोरोना महामारीले विश्वलाई नै त्रासमा धकेलेको छ । पहिलो पटक लकडाउन हुँदा मानिसले धेरै समस्याहरूको सामना गर्नुपरेको थियो । यसबिचमा अमेरिकीहरूले अर्को थप समस्याको सामना गर्नुपर्ने हुन सक्छ । अमेरिकीहरूले अब चाँडै नै फ्राइज वा बर्गरमा प्रयोग गरिने टमाटर केचपको अभाव झेल्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ ।

कोरोना महामारीका कारण लगभग सबै रेस्टुरेन्टहरूमा टेक अफ सुविधालाई बढी प्राथमिकता दिन थालिएको छ । त्यसैले उत्पादकहरूले टमाटर केचपको एकल–प्रयोग प्लास्टिकको प्याकेटको माग पूरा गर्न कठिनाइको सामना गर्दै छन् । टमाटरको केचप बनाउने प्रख्यात कम्पनी हेन्जका प्रवक्ताले महामारीको बेला माग धेरै बढेको बताएका छन् ।

नयाँ परिस्थितिलाई ध्यानमा राख्दै कम्पनीले उत्पादन प्रक्रियामा धेरै परिवर्तन गरिसकेको छ । कम्पनीले टमाटरको आपूर्तिभन्दा केचपको माग बढी भएको जनाएको छ । यसको बढ्दो मागका कारण कम्पनीले आफ्नो फ्याक्ट्रीमा २५ प्रतिशत उत्पादन बढाउन थप एकाइहरू सुरु गरिसकेको छ ।

कम्पनीले एक वर्षमा १२ अर्ब प्याकेट टमाटर केचप उत्पादन भइरहेको जनाएको अमरउजालाको समाचामा उल्लेख छ । सन् २०२० पछि केचप प्याकेटको मूल्य पनि १३ प्रतिशतले वृद्धि भएको छ । एक रेस्टुरेन्टका संचालक भन्छन्, ‘‘बिना केचप फ्राइजको सेवा कसरी दिन सकिन्छ र ।’’ कम्पनीले यसका लागि ग्राहकहरूसँग माफी पनि मागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top