होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । भारतमा कोरोना संक्रमण लगातार बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ८ लाख ४३ हजार ४७३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको कारण ६३० जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ६६ हजार १७७ पुगेको छ । भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड २८ लाख भन्दा बढि पुगेको छ । अहिलेसम्म ८ करोड ७० लाख भन्दा बढिले खोप लगाएका छन् ।