ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

नेपालसहित तीन मुलुक संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट स्तरोन्नतिका लागि सिफारिस

नेपालगाथा २०७७ फाल्गुण १५ गते शनिबार १०:३६:४९ मा प्रकाशित

काठमाडौँ– नेपालसहित तीन मुलुक संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट स्तरोन्नतिका लागि सिफारिस भएका छन् ।

अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि कमिटीले पाँच वर्षको समयावधि दिने पनि निर्णय गरेको छ । यस अवधिमा नेपालले आवश्यक सबै मापदण्ड पूरा गर्नु पर्नेछ ।अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नु पर्ने सुविधासमेत दिइएको छ ।

प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन् । यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ । नेपालले सन् २०१५ र सन् २०१८ को त्रिवर्षीय मूल्यांकनका क्रममा नै स्तरोन्नतिका लागि योग्यता पुर्‍याइसकेको थियो । तर सन् २०१५ को भूकम्पको असरले स्तरोन्नति हुने समय केही वर्ष धकेलिएको थियो ।

सन् २०२२ मै स्तरोन्नति भए पनि नेपालले अल्पविकसित देशले पाउने सुविधाहरू भने सन् २०२६ सम्म नै उपयोग गर्न पाउँनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top