ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार संस्थालाई पैसा दिनु पर्ने कानुन पारित

नेपालगाथा २०७७ फाल्गुण १३ गते बिहीबार १२:५२:३० मा प्रकाशित

काठमाडौँ । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको छ । अष्ट्रेलिया यस्तो कानुन परित गर्नेमा विश्वमै पहिलो देश बनेको छ । उक्त कानुनको अमेरिकी प्रविधिसम्बन्धी ठूला कम्पनीले भने विरोध गरेका छन् ।

गतहप्ता फेसबुकले सबै समाचार सामाग्रीहरुमाथि रोक लगाएको थियो र यस हप्ता उसले सरकारसँगको छलफल पछि सो निर्णयलाई उल्टाएको थियो । छलफल पछि उक्त नयाँ कानुनमा केही सुधार गरी फेसबुक र गुगललाई बाध्य नवाउने खालका प्रावधान राखिएको छ । तर पनि दुबै कम्पनीले अस्ट्रेलियाका ठूला प्रकाशकहरूलाई सो कानुनको दायरा बाहिरबाटै ठूलै मात्रामा रकम दिन प्रतिवद्ध भएका छन् । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top