ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अफगानिस्तानको हेल्मन्डमा आठ जना विद्रोही मारिए 

नेपालगाथा २०७७ फाल्गुण ११ गते मंगलबार १४:१२:३३ मा प्रकाशित

काठमाडाैँ। अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा कम्तीमा आठ जना तालिबान विद्रोहीको ज्यान गएको सेनाले जनाएको छ । 

हेल्मन्ड प्रान्तको नहर–ए–सराज जिल्लामा विद्रोहीहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सोमबार राति सेनाले कारबाही गरेको थियो । सेनाको हवाई कारबाहीमा आठ लडाकूको घटनास्थलमै मृत्यु भएको थियो ।सेनाले देशभित्र सशस्त्र विद्रोही समूह देखे जुनसुकै बखत कारबाही गर्ने जनाएको छ । हेल्मन्ड प्रान्तमा सक्रिय रहेको तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top