होमपेज / अन्तराष्ट्रिय
कोरोना महामारीबाट नराम्ररी प्रभावित भारतमा बर्ड फ्लु पनि फैलिन थालेको छ। धेरै राज्यमा यो फ्लु फैलिएकाले त्यहाँ अर्को ठूलो संकट खडा भएको खबर छ। मध्य प्रदेश, राजस्थान, केरल, हरियाण, हिमाञ्चल र झारखण्डमा एकसाथ निकै धेरै पंक्षीहरू मरेका छन्। यसरी धमाधम पंक्षीहरू मरेपछि भारतभर बर्ड फ्लु फैलिएको थाहा लागेको हो।
केरल, हिमाञ्चल र राजस्थानमा मरेका पंक्षीहरूलाई बर्ड फ्लु लागेको पुष्टि स्वास्थ्य अधिकारीहरूले गरेका छन्। एजेन्सी ।