ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

इजरायलमा मोडर्नाको कोरोना खोप प्रयोगका लागि अनुमती

नेपालगाथा २०७७ पौष २१ गते मंगलबार २०:१४:५३ मा प्रकाशित

काठमाडौँ । इजरायलले अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले बनाएको कोरोना खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । कम्पनीले सोमबार एक वक्तव्यमार्फत इजरायलले कोरोना खोप प्रयोगका लागि अनुमति दिएको बताएको छ । इजरायलले पहिलो चरणमा ६० लाख डोज अर्डर गरेको छ । केही दिनमै इजरायलमा कोरोना खोप आपूर्ति सुरु हुने पनि कम्पनीले जनाएको छ ।

मोडर्नाको कोरोना खोपलाई पहिलो पटक डिसेम्बर १८ मा अमेरिकाले प्रयोगका लागि अनुमति दिएको थियो । त्यसपछि डिसेम्बर २३ मा क्यानडाले मोडर्नाको खोपलाई अनुमति दिएको थियो । इजरायलले द्रुत गतिमा कोरोना खोप कार्यक्रम सञ्चालन गर्ने बताएको छ । मोडर्नाले सन् २०२१ मा मात्रै ६० करोड डोज कोरोना खोप उत्पादन गर्ने बताएको छ ।

मोडर्नाले अमेरिकी सरकारलाई १ करोड ८० लाख डोज कोरोना खोप आपूर्ति गरिसकेको छ । अमेरिकाले मोडर्नासँग २० करोड डोज कोरोना खोप किन्ने सहमति गरिसकेको छ । त्यस्तै मोडर्नासँग क्यानडाले ४ करोड डोज कोरोना खोप किन्ने सहमति गरेको छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top