ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बेलायतमा कोरोनाविरुद्धको दोस्रो खोप प्रयोगका लागि अनुमति

नेपालगाथा २०७७ पौष १५ गते बुधबार १६:२७:५० मा प्रकाशित

अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोना भाइरसविरुद्ध बनाएको अर्को खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ । बेलायत सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको छ । बेलायतमा प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो । यसअघि डिसेम्बरको सुरुतिर फाइजर-बायोएन्टेकले बनाएको खोप कोभिड-१९ विरुद्ध प्रयोग हुन थालेको थियो।

चीनमा पनि सिनोफार्मले बनाएको अर्को खोप तीन चरणको परीक्षणपछि ७९ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ। बायोएन्टेक र मोडेर्नाले बनाएका खोपहरू कोभिड-१९ विरुद्ध बढी प्रभावकारी देखिएका छन्। बेलायतका स्वास्थ्यमन्त्रीले ज्यानवरी ४ देखि यो खोप दिन थालिने बताएका छन्। उनकाअनुसार नयाँ वर्षका प्रारम्भिक साताहरूमा खोप अभियान तीव्र गतिमा अघि बढ्नेछ।

बेलायतले एस्ट्राजेनेकाबाट मगाएको खोपको मात्रा पाँच करोड मानिसका लागि पर्याप्त छ। औषधिहरूको नियामक निकायले अनुमति दिनुको अर्थ उक्त खोप सुरक्षित र प्रभावकारी छ भन्ने हो। अक्सफर्ड-एस्ट्राजेनेकाले विकसित गरेको यो खोप गत एप्रिल महिनामा एक स्वयंसेवकमा परीक्षण गरिएको थियो। त्यसपछि हजारौँ मानिस सहभागी हुनेगरी ठूलो स्तरमा क्लिनिकल परीक्षण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top