ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अमेरिकामा पनि भेटियो परिवर्तित स्वरुपको अति संक्रामक कोरोना भाइरसको संक्रमण

नेपालगाथा २०७७ पौष १५ गते बुधबार १२:०६:१० मा प्रकाशित

खोप वितरणलाई लिएर बाइडेनले गरे ट्रम्प प्रशासनको कडा आलोचना अति तीव्र गतिमा संक्रमण फैलिने रुपान्तरित स्वरुपको नयाँ कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि पुष्टि भएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा नयाँ स्वरुपको कोरोना भाइरसको पहिलो संक्रमण कोलोराडो राज्यमा पुष्टि भएको हो ।

पहिलोपटक बेलायतमा देखिएर युरोप, एसिया तथा उत्तर अमेरिकासम्म पुगेको नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण कोलोराडोका २० वर्ष आसपासका व्यक्तिमा देखिएको हो । ती व्यक्तिको हालै कुनै पनि भ्रमण इतिहास छैन । संक्रमण पुष्टि भएका व्यक्ति अहिले आइसोलेशनमा छन् । कोलोराडोका स्वास्थ्य अधिकारीले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा अहिलेसम्म एक करोड ९५ लाख ४८ हजार सात सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यस्तै कोभिड–१९ बाट अहिलेसम्म तीन लाख ३८ हजार पाँच सय भन्दा धेरै अमेरिकीको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top