ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाविरुद्धको अमेरिकी मोर्डना खोपलाई पनि अनुमति

नेपालगाथा २०७७ पौष ४ गते शनिबार १५:२४:०९ मा प्रकाशित

अमेरिकी सरकारले कोरोनाविरुद्धका खोपलाई धमाधम अनुमति दिन थालेको छ। अमेरिकी फुड एन्ड ड्रग एड्मिनिस्ट्र्शन (एफडीए) ले पछिल्लोपटक मोर्डना खोप प्रयोग निम्ति अनुमति दिएको हो। एक साताअघि फाइजरको खोपलाई पनि एफडीएले अनुमति दिएको थियो। अमेरिकी सरकारले मोर्डनाको २० करोड डोज खोप खरिद गरिसकेको छ। त्यसैगरी, ६० लाख डोज खोप तयारी अवस्थामा रहेको बताइएको छ।

टेनेसी मेहरी मेडिकल कलेजका निर्देशक डा.जेम्स हिलड्रेथले भने, 'नयाँ वर्ष शुरू हुनुअघि दुईवटा खोप आउनु ठूलो उपलब्धि हो।' एफडीएका अनुसार १८ वर्षभन्दा मुनिका बालबालिकालाई यो खोप लगाउँदा कोरोनाको जोखिम निकै कम हुने सर्वेक्षण भएको छ। खोपको जोखिम हुन्छ कि हुन्न भनेर भोटिङ भएको थियो। सबैले भोट गरेको हुनाले एफडीएले अनुमति दिएको थियो।

गत साता मात्र मोर्डनाको खोप ९४ प्रतिशत प्रभावकारी रहेको खबर सार्वजनिक भएको थियो। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top