ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अमेरिकामा कोरोना भाइरसविरुद्धको अर्को खोपलाई अनुमति

नेपालगाथा २०७७ पौष ३ गते शुक्रबार १२:०६:३२ मा प्रकाशित

काठमाडौं । अमेरिकाले कोरोना भाइरसविरुद्धको अर्को खोपलाई अनुमति दिएको छ। कोरोना खोप अध्ययन गर्न बनेको विज्ञहरुको टोलीले मोडर्ना खोपलाई तत्काल प्रयोगका लागि खाद्य तथा औषधि प्रशासन एफडीएलाई अनुमति प्रदान गरेको हो। मोर्डना खोपलाई विज्ञहरुको समूहले अनुमति दिएपछि अमेरिकाले आगामी हप्तादेखि नै उक्त खोप प्रयोगमा ल्याउने भएको छ। 

अमेरिकामा यसअघि बेलायती कम्पनी फाइजर बायोएनटेकले बनाएको खोपले अनुमति पाइसकेको छ। कोरोना भाइरसविरुद्ध मोर्डनाले तयार गरेको खोपलाई अनुमति दिने नदिनेबारे विज्ञहरुको टोलीमा मतदान हुँदै २० जनाले अनुमति दिनेपक्षमा मत दिएका थिए। मोडर्नाले तयार गरेको खोप १८ वर्ष माथिका व्यक्तिलाई दिन मिल्छ। 

मोडर्ना खोप यसअघिका परीक्षणमा ९४ प्रतिशत प्रभावकारी पाइएको छ। विज्ञको टोलीले अनुमति दिनासाथ अमेरिकाले २० करोड डोज खरिद गर्ने तयारी गरेको छ। मोडर्नाले तयार गरेको ६० लाख डोज आयातका लागि पानी जहाजमा लोड गरिसकिएको बीबीसीले जनाएको छ। अमेरिकामा कोरोना भाइरसबाट ३ लाख १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने पौने २ करोड मानिसमा संक्रमण पुष्टि भएको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top