ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चीनको यान चन्द्रमा पुगेर ढुङ्गा माटो लिएर फर्कियो

नेपालगाथा २०७७ पौष २ गते बिहीबार १३:२१:४३ मा प्रकाशित

काठमाडौं । चीनले चन्द्रमामा पठाएको चाङ यी–५ नामक यान चन्द्रमाबाट ढुङ्गा माटोको नमूना बोकेर पृथ्वीमा फर्किएको छ। यान स्थानीय समय अनुसार गएराति साढे १ बजे मंगोलियाको भित्री क्षेत्रमा अवतरण गरेको हो। अन्तरिक्ष यान २४ नोभेम्बरमा दक्षिण चीनको वेनचाङ स्टेसनबाट चन्द्रमामा प्रक्षेपण गरिएको थियो। ४० वर्षपछि चन्द्रमाको सतहबाट ढुङ्गा माटो ल्याउने प्रयास सफल भएको हो। 

चाङ यी–५ ले करिब २ किलोग्राम ढुङ्गा माटोको नमूना बोकेर आएको बीबीसीले जनाएको छ। यसअघि रुसको लुना–२४ मिसनले सन् १९७६ मा चन्द्रमाको सतहबाट करिब २ सय ग्राम माटो बोकेर फर्किएको थियो। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top