होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जितका लागि आवश्यक सबै औपचारिकता पूरा गरेका छन्। इलेक्टोरल कलेजको समर्थन पाएलगत्तै बाइडनले राष्ट्रपति पदको सम्पुर्ण औपचारिकता पूरा गरेका हुन्। गएराति देशभरका इलेक्टोरल कलेजका सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन्। योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न अब बाइडेनलाई सबै ढोका खुलेको छ। जितले औपचारिकताको आधिकारिकता पाएसँगै आगामी २० जनवरीबाट विश्वकै शक्तिशाली पद सम्हाल्न जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बाटो खुलेको बिबिसीले उल्लेख गरेको छ।
गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रयाट उम्मेदवार पूर्वउपराष्ट्रपति बाइडेनले ३ सय ६ र उनका रिपब्लिकन प्रतिस्पर्धी एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले २ सय ३२ इलेक्टोरल कलेज मत पाएका थिए। यद्यपि राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै सम्पूर्ण ढोका बन्द हुँदा पनि हार स्विकार गरेका छैनन्। नवनिर्वाचित राष्ट्रपति बाइडेनले अब २०२१ को जनवरी २० मा भव्य समारोहबीच पद तथा गोपनीयताको शपथ लिनेछन्। एजेन्सी ।